सेमीकन्डक्टरहरूको सामान्य व्यापारमा हस्तक्षेप गरेका सम्बद्ध देशको विरोधः चीन
2024-01-18 19:16:08cri
Share with:

जनवरी १८ तारिख आयोजित चीनको वाणिज्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे, ‘केही चिनियाँ कम्पनीले अब एनभिडिया  कम्पनीका चिप्स खरिद गर्नुको सट्टा हुवावे जस्ता चिनियाँ कम्पनीका चिप्स किन्न थालेको कुरा वालस्ट्रिट जर्नलले लेखेको छ। चिनियाँ वाणिज्य मन्त्रालयले यो जानकारीको  पुष्टि गर्नसक्छ? घरेलु चिप्स उद्योगको विकासका केके सम्भावनाहरू छन्?’

 चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता ह यातोङले जवाफ दिँदै यसरी भन्नुभयो, ‘यो विशिष्ट व्यावसायिक गतिविधिहरूको बारेमा सम्बद्ध कम्पनीबाट जानकारी लिनुहोला। यदि यस्तो अवस्था देखापरेको हो भने, मलाई लाग्छ कारण स्पष्ट छ। सेमीकन्डक्टरको सामान्य व्यापारमा हस्तक्षेप गरेको र उद्यमहरू बीच सामान्य आदानप्रदान र सहयोगमा समस्या उठाउने सम्बन्धित देशहरूको चीनले विरोध गर्दछ। म यसरी जोड दिन चाहन्छु कि चीन विश्वको प्रमुख सेमीकन्डक्टर बजारहरूमध्येको एक हो र हामी सेमीकन्डक्टर कम्पनीहरू र उत्पादित वस्तुहरू विश्वभरिबाट चीनमा प्रवेश गरी विकास अवसरहरूको संयुक्त प्रयोग गर्न स्वागत गर्दछौं।’