वाङ यी र आइभोरी कोस्टका विदेश मन्त्री अडोमबीच भेटवार्ता
2024-01-19 09:43:59cri
Share with:

जनवरी १८ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले आबिदजानमा आइभोरी कोस्टका विदेश मन्त्री काकौ हौवाजा लेन अडोमसँग भेटवार्ता गर्नुभएको छ।

अडोमले आइभोरी कोस्ट र चीन पारस्परिक रुपमा सहयोग गर्ने असल मित्र तथा दुई मुलुक बीच नमूनात्मक अर्थ रहेको रणनीतिक साझेदार भएको बताउनुभयो। उहाँले आइभोरी कोस्टले एक चीन नीतिको अक्षरशःपालना गरेको तथा चीनको भूभाग अविच्छिन्न हुने ठहर लिएको र दक्षिण चीन महासागर समस्यामा चीनको वैधानिक अधिकार र हितको समर्थन गरेको दोहोर्‍याउनुभयो। चीनले आइभोरी कोस्टको विभिन्न क्षेत्रको विकासका लागि मूल्यवान समर्थन दिएकोमा पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभयो।

वाङ यीले चीन र आइभोरी कोस्ट उदय पथको मित्र र साझेदार हुन् भन्दै दुई मुलुकको पारस्परिक सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको व्यक्त गर्नुका साथै चीनले आइभोरी कोस्टसँग दुई मुलुकका राष्ट्रानायकबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने र नयाँ युगमा दुई मुलुकको सम्बन्धको नयाँ भविष्यको खडा गर्ने बताउनुभयो।