सन् २०२३ मा चीनको मोटर गाडीको निर्यात पहिलोपटक विश्वको पहिलो स्थानमा
2024-01-19 11:05:07cri
Share with:

जनवरी १९ तारिख चीनको राज्य परिषदको समाचार कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी वर्ष २०२३ को उद्योग र सूचना विकास अवस्थाबारे जानकारी दिएको छ।

उक्त पत्रकार सम्मेलनमा सम्बन्धित जिम्मेवार व्यक्तिले जनाएअनुसार, सन् २०२३ मा चीनको मोटर गाडीको उत्पादित मात्रा र बिक्री मात्रा यी दुवै ३ करोड वटाभन्दा बढी पुगेका थिए। उत्पादित मात्रा र बिक्री मात्रा सन् २०२२ को तुलनामा क्रमशः ११.६ प्रतिशत र १२ प्रतिशतभन्दा बढी भएर यी दुवैले इतिहासमा नयाँ उचाइ खडा गरेको छ र लगातार पन्ध्र वर्षदेखि विश्वको पहिलो स्थानमा रहेको छ। मोटर गाडीको निर्यात मात्रा ४९ लाख १० हजार पुगेबाट पहिलोपटक विश्वको पहिलो स्थानमा रहेको छ।