“राष्ट्रिय ईन्जिनियर पुरस्कार” चयन र प्रशंसा समारोहलाई राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशन
2024-01-19 18:36:45cri
Share with:

“राष्ट्रिय ईन्जिनियर पुरस्कार” चयन र प्रशंसा समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन गर्दै प्रशंसा पाएका “राष्ट्रिय उत्कृष्ट इन्जिनियर" र "राष्ट्रिय उत्कृष्ट ईन्जिनियर टोली"लाई शुभकामना व्यक्त गर्नुभएको छ।

 

सी चिनफिङले इन्जिनियर मानवजातिलाई फाइदा पुऱ्याउन र भविष्य सिर्जना गर्न इन्जिनियरिङ विज्ञान र प्रविधिको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण शक्ति भएको बताउँदै देशको रणनीतिक प्रतिभा शक्तिको महत्त्वपूर्ण अंश भएको कुरा बताउनुभयो। यस पटक प्रशंसा पाएका व्यक्ति र टोली चीनका व्यापक इन्जिनियरिङ विज्ञान र प्रविधि क्षेत्रका उत्कृष्ट प्रतिनिधि हुन् साथै व्यापक इन्जिनियरका नमूना पनि हुन् भन्ने कुरा दोहोर्याउनुभयो।

 

सी चिनफिङले भविष्यमा इन्जिनियरिङ विज्ञान र प्रविधि प्रतिभाको स्वतन्त्र प्रशिक्षण प्रयासलाई अरू बढाएर चीन राष्ट्रको महा पुनः उत्थान कार्यलाई अझ ठूलो योगदान गर्ने कुरामा जोड दिनुभयो।