चीन र फिलिपिन्स समुद्री प्रहरी, समुद्री विज्ञान र प्रविधि लगायत क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न सहमत
2024-01-19 18:15:57cri
Share with:

जनवरी १९ तारिखमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। सहायक विदेशमन्त्री नोङ रोङ र फिलिपिन्सका उप विदेशमन्त्री लाजारोले दक्षिण चीन सागरमा चीन-फिलिपिन्स द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आठौं बैठकको सह-अध्यक्षता गर्नुभएको थियो। चीनले यस बैठकका उपलब्धिबारे जानकारी दिएको छ।

 

प्रवक्ता माओ निङका अनुसार चीन र फिलिपिन्सले दुई देशका राष्ट्रिय नेताहरुले समुद्री समस्यामा गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, मैत्रीपूर्ण परामर्शद्वारा समुद्री द्वन्द्व र मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्न, व्यावहारिक सामुद्रिक सहयोगको प्रवर्द्धन जारी राख्न र संयुक्त रूपमा काम गर्न सहमत भएका छन्।

 

दुवै पक्षले सामुद्रिक सञ्चार संयन्त्रलाई थप सुधार गर्ने र समुद्री प्रहरी, सामुद्रिक विज्ञान तथा प्रविधि र अन्य क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न पनि सहमति जनाएका छन्।