सन् २०२३ मा चीनको स्थिर विकास, औद्योगिक अर्थतन्त्रमा निरन्तर १४ वर्षदेखि विश्वमा पहिलो
2024-01-19 14:24:15CRI
Share with:

जनवरी १९ तारिख, चीनको राज्य परिषद सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सन् २०२३ चीनको उद्योग तथा सूचनाको विकासको अवस्था प्रकाशित गरेको छ।

सो पत्रकार सम्मेलन अनुसार, औद्योगिक अर्थतन्त्रको विकास प्रवृत्ति सुधार हुँदै गएको छ। सूचना सञ्चार उद्योगको विकासको गति तीव्र हुनुका साथै उच्च गुणस्तरीय विकासको पथमा अघि बढ्दै छ। सन् २०२३ मा, उद्योगको वृद्धि गति गत वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशत बढेको छ, जुन सन् २०२२ को तुलनामा १ प्रतिशतले बढेको छ। निरन्तर १४ वर्षसम्म उत्पादन उद्योगको कुल मात्राले विश्वमा पहिलो स्थान ओगटेको छ।