कम्बोडियाका केटी आइ चिनव्हाको चीनको अध्ययन जीवन
2024-01-19 08:54:54cri
Share with:

कम्बोडियाबाट आएकी आइ चिनव्हाले चीनमा पुग्दाको प्रारम्भिक अनुभवको सिँहावलोकन गर्दा उनको मन छोएको छ। उनी चिनियाँ केन्द्रीय जातीय विश्वविद्यालयमा अध्ययन गरिसकेपछि थुङ चि विश्वविद्यालयमा भर्ना भइन्। हालसम्म उनले चीनमा चार वर्षसम्म अध्ययन गरेकी छिन्।

आइ चिनव्हाले चीन आएपछि चीनको अनुभव गर्ने मौका पाइन्। उनले चीनको सँस्कृतिबारे गहिरो रुपमा जानकारी लिइन्। उनी भन्छिन् “मैले “क्लासिकमा रहेको चीन” देखेँ। पहिलो भाग “शाङ शु अर्थात् इतिहास पुस्तक” हो। यस भागमा “तेन” भन्ने शब्दबारे जानकारी दिइन्छ। यसबाट मैले प्राचीन कालका चिनियाँहरूले पुस्तकमाथि महत्व दिएको र सम्मान गरेको धारणा देखेँ। मेरो विचारमा चिनियाँहरूले काम गर्ने तरीका र देशको विकास विचार ती प्राचीन पुस्तकहरूबाट उद्गम भएको पत्ता लगाउन सकिन्छ।”

चिनियाँ केन्द्रीय जातीय विश्वविद्यालयबाट सुचारु रुपमा स्नातक भएपछि आइ चिनव्हाले शांगहाईस्थित थुङ चि विश्वविद्यालयमा भर्ना हुने छनौट गरिन्। नयाँ शहर र नयाँ विषयले उनलाई नयाँ आश्चर्य दियो। उनी भन्छिन् “यहाँका मानिसहरू राम्रा हुन्। मैले शांगहाई बोली बुझ्दिन थिएँ तर मेरो विचारमा शांगहाई बोली रमाइलो छ। मैले शांगहाईमा अध्ययन गर्ने, मिठो खाना खाने, शहरीय सँस्कृतिको अवलोकन गर्ने, दृश्य हेर्ने अपेक्षा लिएँ। साथै मैले पनि मेरा शिक्षकशिक्षिका र सहपाठीहरूसँग आदान-प्रदान गर्ने अपेक्षा लिएँ।”

आइ चिनव्हाकाअनुसार, अध्ययन गर्न चीन जानु उनको जीवनमा गौरब लागेको कुरा हो। उनी चीन र कम्बोडियाको मित्रता निरन्तर रुपमा गहिरो भएको साक्षी बनेकी छन्। उनलाई खुशी लाग्यो। उनी भन्छिन् “चीन र कम्बोडिया असल मित्र हुन्। गत शताब्दीको नब्बे दशकदेखि चीनले कम्बोडियालाई पुल, विमानस्थल, राजमार्गको निर्माण गर्न मद्दत दिएको थियो। आज “बेल्ट एण्ड रोड”मार्फत चीनले कम्बोडियलाई निर्माण गर्न मद्दत दिने नयाँ परियोजनाहरू पूरा भैरहेका छन्। मेरो घरअगाडि पहिलेको धुलेबाटो नै यतिखेर राजमार्गको रुपमा विकसित भयो। सानो उमेरमा मैले टेलिभिजनमा देखेको थाङ हु लु र अरु चिनियाँ खाजा हाल सुविधाजनक यातायातमार्फत् हाम्रो टेबुलमा पठाइएको छ। मेरो जन्मथलोमा भएको विविध परिवर्तन हेरेर मलाई खुशी लाग्यो।”

आइ चिनव्हाले चीनमा भएको जीवनको सिँहावलोकन गर्दै भन्छिन् “मैले चीन र कम्बोडियाबीच अझै धेरै सहयोगात्मक परियोजना रहने, अर्थतन्त्र र सँस्कृति क्षेत्रमा दुई मुलुकबीच अझै गहिरो विकास रहने, दुई मुलुकले एक अर्काबाट जानकारी लिनसक्ने र दुई मुलुकको मित्रता दीर्घकालीन विकास हुनसक्ने अपेक्षा लिएँ।”