उज्ज्वेकिस्तानका राष्ट्रपतिले चीनको भ्रमण गर्ने
2024-01-19 18:18:30cri
Share with:

जनवरी २३ देखि २५ तारिखसम्म उज्ज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरोमोनोभिच मिर्जियोयेभले चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले पत्रकारसँग कुराकानी गर्दै चीन र उज्जवेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्षयता दुई पक्षले आपसी सम्मान र आपसी हितयुक्त विकासमा ठूलो उपलब्धी हासिल भएको तथा मध्य-एशिया लगायत विश्वको शान्ति र स्थिरतालाई सक्रिय शक्ति थपेको व्यक्त गर्नुभयो।

 

प्रवक्ता माउ निङले सन् २०२४को सुरूमा राष्ट्रपति मिर्जियोयेभले चीनको राजकीय भ्रमण गरेबाट चीन-उज्ज्वेकिस्तान सम्बन्धको उच्च स्तरीय र दुई देशका नेताबीचको गहिरो मित्रता पूर्णरूपमा प्रतिबिम्बित भएको व्यक्त गर्नुभयो।

 

दुई पक्षले यो सुअवसरलाई समातेर चीन-उज्ज्वेकिस्तान सम्बन्धलाई स्तरोन्नति गरी चीन-उज्ज्वेकिस्तान भाग्य समुदायको अर्थलाई प्रशस्त पार्ने पनि उहाँले उल्लेख गर्नुभयो।