चिनियाँ परराष्ट्रमन्त्रीको चार अफ्रिकी मुलुकको भ्रमण पूरा
2024-01-20 16:59:11cri
Share with:

जनवरी १९  तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्रमन्त्री वाङ यीले चार अफ्रिकी मुलुकको भ्रमण पूरा गरेपछि चिनियाँ सञ्चारमाध्यमसँग साक्षात्कार गर्नुभएको छ।

 

उहाँका अनुसार चिनियाँ विदेशमन्त्रीले हरेक वर्षको पहिलो भ्रमण अफ्रिकी मुलुकबाट गर्ने गरेका छन्। यो परम्परा ३४ वर्षदेखि कायम रहेको छ, जसले चीनले अफ्रिकालाई दिएको ठूलो महत्त्व र अफ्रिकाको विकास र पुनरुत्थानको लागि आफ्नो दृढ समर्थन झल्काउँछ। अफ्रिका आशाले भरिएको महादेश हो।

अफ्रिकाको सम्भावनाहरूमा पूर्ण विश्वस्त रहेको भन्दै उहाँले २१औं शताब्दी पक्कै पनि चीन र अफ्रिकाको साझा विकास र पुनरुत्थानको साक्षी हुने बताउनुभयो।

 

बितेका दशकहरूमा चीन-अफ्रिका सहयोगले विशेष गरी चीन-अफ्रिका सहयोग मञ्च स्थापना भएको २४ वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताउँदै वाङ यीले अफ्रिकाको मुहार परिवर्तन हुनुका अलावा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकालाई अझ बढी ध्यान दिएर मूल्याङ्कन गर्न नेतृत्व गरेको बताउनुयभो।

 

चीनले अफ्रिकामा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गरेको र अफ्रिकालाई सहयोग गर्न सबै देशहरूले योगदान दिनसक्नेमा प्रसन्नता प्रकट गरेको मन्त्री वाङ यीको भनाइ छ।

 

उहाँले भन्नुभयो, ‘हामी चीन-अफ्रिका सहयोगलाई समयसँग तालमेल राख्न, यसको गुणस्तर सुधार गर्न र अफ्रिकासँगको अन्तर्राष्ट्रिय सहयोगमा अग्रपङ्क्तिमा रहन कसरी प्रवर्द्धन गर्ने भन्ने बारेमा पनि सोचिरहेका छौं।’