"३८२०" रणनीतिक परियोजनाको प्रेरणा
2024-01-21 15:58:57cri
Share with:

सन् १९९३ कम्युनिष्ट पार्टीअन्तर्गत फुचौ शहर समितिका तत्कालीन महासचिव सी चिनफिङले निर्देशन दिनुभयो, ‘फुचौले नयाँ शताब्दीमा ठूलो प्रगति भैरहेको परिप्रेक्षमा पहिलो त विज्ञान र व्यावहारिक दीर्घकालीन रणनीतिक दृष्टिकोण अपनाउनुपर्छ, जसले फुचौको सुधार तथा खुलापनलाई सफल बनाउने छ। उहाँले व्यक्तिगत रूपमा "फुचौ शहरको २०-वर्षे आर्थिक तथा सामाजिक विकास रणनीति" तयारीको अध्यक्षता गर्नुभयो, व्यवस्थित रूपमा फुचौको तीन-वर्षे, आठ-वर्षे र २०-वर्षे आर्थिक योजनाका लक्ष्यहरू, चरणहरू, रूपरेखा, मुख्य विषयको योजना बनाउनुभयो। जसले फुचौ विकासको सामान्य कार्यक्रम र योजना स्थापना गर्यो।

 

सन्१९९२ देखि सन्१९९५ सम्म फुचौको जीडीपी २६.६% को औसत वार्षिक दरले बढ्यो। "३८२०" रणनीतिक परियोजनाको पहिलो लक्ष्य ३ वर्षमा पूरा हुन्छ। त्यस बेलादेखि फुचौका कार्यकर्ता र जनसमुदायले एकपछि अर्को कार्यकालमा "३८२०" रणनीतिक परियोजनाद्वारा योजना गरिएका ८-वर्षे लक्ष्यहरू र २०-वर्षे लक्ष्यहरू पनि निर्धारित समयअनुसार पूरा भएका छन्।