६ महिनामा नेपाल भित्रिए १४ अर्ब रुपैयाँका साढे ५ हजार विद्युतीय गाडी
2024-01-21 15:53:40cri
Share with:

चालू आर्थिक वर्षको ६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म विद्युतीय कार र बस गरी ५ हजार ५४६ वटा भित्रिएका हुन्।

 

नेपाल भित्रिनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। बीवाइडीको अट्टो ३, टाटाको नेक्सन, सेसेर ३ लगायतको मोडल यो वर्गमा पर्छन्। दोस्रोमा ५० किलोवाटसम्मका विद्युतीय कार २ हजार ५६ वटा भित्रिएका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका कार भने ६८ वटा मात्रै भित्रिएका छन्।

 

नेपालखबर अनलाइनका अनुसार २५ सिटमाथिका ११ वटा विद्युतीय बस भित्रिएका छन्। १५ देखि २५ सिटसम्मका ६७ वटा र ११ देखि १४ सिटसम्मका १८९ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ।

 

कुल १३ अर्ब ९७ करोड रुपैयाँका विद्युतीय बस आयात भएका छन्। यसमध्ये विद्युतीय बस ८५ करोड रुपैयाँका मात्रै आयात भएका छन्।