ग्रामीण व्यवसाय ई-वाणिज्यको तीव्र गति गाडीमा२
2024-01-22 12:59:26cri
Share with:

“आज दिउँसो म गाउँलेलाई सब्जी विक्री गर्न सहयोग गर्छु। मध्यन्ह उनीहरूले मलाई केही दिन मौसम धेरै सुख्खा र कुनै पानी नपरेको गुनासो गर्थे। शहर फर्केको बेला बाटोमा वर्षा भएको थियो। ज्यादै खुशी लाग्यो।” प्रत्यक्ष प्रसारणमा सामान विक्री गर्ने आच्यावाङमुले भन्नुभयो।

 

आच्यावाङमुको पूर्व नाम बाइमावुङमु हो। उहाँको जन्मथलो सछ्वान प्रान्तीय खाङतिङ हो। परिवार गरिब भएका हुनाले विश्वविद्यालयबाट स्नातक नभएको बेला ल्हासा सर्नुभयो।

ल्हासामा आच्यावाङमुले रेस्टुराँमा सेविका र होटेलको सफाई गर्नुभयो। त्यसपछि उहाँले सामान बेच्ने सञ्चालक बन्नुभयो। उहाँले गम्भीर दृष्टिकोणबाट सामानको छनौट, जानकारी, व्यापार, बिक्रीपछि कार्यलगायत विविध विधामा भाग लिएर ल्हासामा लोकप्रिय संचालिका बन्नुभयो।

 

उहाँले लगभग पूरै तिब्बतमा घुमेर तिब्बती विशेषतायुक्त कृषि उत्पादन अझ बढी मान्छेलाई मन पर्ने विश्वास गरेका हुनाले उहाँले प्रत्यक्ष प्रसारणमा विक्री गर्ने सामानमा कृषि उत्पादन छन्नुभएको छ। किसान तथा पशुपालक परिवारको बच्चा भएको हैसियतले ग्रामीण पुनर्त्थानमा आफ्नो शक्ति योगदान दिने जिम्मेवारी वहन गरेको ठहर गर्नुभयो।

 

सन् २०२२ आच्यावाङमुले किसानलाई सहयोग गर्ने प्रत्यक्ष प्रसारणमा लिच शहरीय ल्याङ जिल्लाका बासिन्दाका लागि खुर्सानी विक्री गर्नुभएको थियो। जसबाट ११ लाख ८० हजार युआन आम्दानी भएको थियो। त्यसपछि आच्यावाङमुले तुङगा बस्ति, ल्याङ बस्ति, न्वोकुङ सहकारी संघ, टाबुलिन सहकारी र ल्याङ जिल्ला ग्रामीण निर्माण कम्पनीलाई खुर्सानीको विक्री रकम ६ लाख २० हजार युआनभन्दा बढी हस्तान्तरण गर्नुभएको छ।

 

आच्यावाङमुले प्रत्यक्ष प्रसारणमार्फत् खुर्सानी विक्री गरेर आम्दानी पनि समयमै दिएको ल्याङ बस्ती थोमाइ गाउँका प्रमुख ट्रेरेनतुनचुले खुशी भएर भन्नुभयो।

जसले कृषि उत्पादनको विक्री बढाउने क्षेत्रमा ई-वाणिज्य प्रत्यक्ष प्रसारणको ठूलो भूमिका रहेको पुष्टि गरेको छ। भविष्यमा हामीले आच्यावाङमुसँग निरन्तर सहयोग गरेर हाम्रो खुर्सानी, फलफुललगायत श्रेष्ठ कृषि उत्पादन अझ व्यापक बजारमा फैलाउनेछौँ। साथै बासिन्दाको समृद्धि र ल्याङ जिल्लाको अर्थतन्त्रको दिर्घकालीन विकासमा बुद्धिमत्ता र शक्ति योगदान दिने ल्याङ जिल्ला कृषि तथा ग्रामीण क्षेत्र व्यूरोका उपप्रमुख वुकङट्रोचिले प्रकट गर्नुभएको छ।

 

हाल आच्यावाङमुको प्रत्यक्ष प्रसारण “पठारभूमिको पसल” भनिएको छ। “प्रत्यक्ष प्रसारणको नामजस्तै पसल ठूलो सुपरमाकेट वा बजार होइन। तर यो पसलमा बेचेका हाम्रो जन्मथलोबाट उत्पादित सामान हुन्। तिब्बतका हरेक जिल्ला-बस्तिमा यस्तो अनलाइन पसल भएर स्थानीय विशेषतायुक्त उत्पादनको प्रचार गर्नसक्ने आशा गर्छु।” आच्यावाङमुले यसरी भन्नुभयो।