दक्षिण मुलुकहरुको तेस्रो शिखर सम्मेलनमा चिनियाँ उपप्रधानमन्त्रीको सम्बोधन
2024-01-22 18:22:55cri
Share with:

जनवरी २१ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि तथा चीनका उपप्रधानमन्त्री लिउ कोचोङले युगाण्डाको कम्पालामा आयोजित दक्षिण मुलुकहरुको तेस्रो शिखर सम्मेलनमा भाग लिनुभई सम्बोधन दिनुभएको छ।

सम्बोधनमा लिउले चालु वर्ष जी ७७ समूह स्थापना भएको ६०औँ वार्षिकोत्सव रहेको र विगत ६० वर्षमा दक्षिण मुलुकहरूले समानता, पारस्परिक विश्वास, पारस्परिक लाभ, ऐक्यबद्धता र पारस्परिक सहयोगको मार्गमा अघि बढेका जनाउनुभयो। एक शताब्दीमा देखा नपरेको विश्वको तीव्र परिवर्तनमा दक्षिण मुलुकहरुले साहसपूर्वक आधुनिकीकरणको बाटोमा अन्वेशन गर्दै दक्षिण-दक्षिण सहयोगलाई अझ उच्च स्तरमा पुर्याउनुपर्छ भन्दै, विश्वव्यापी शासन प्रणालीको सुधारमा सक्रिय रूपमा भाग लिनुपर्छ र ठोस, समान, सन्तुलित र समावेशी विश्वव्यापी विकास साझेदारी सम्बन्धलाई प्रगाढ र गहन पार्नुपर्छ भन्ने धारणा लिउले व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयोः एक विकासोन्मुख मुलुक तथा "विश्वमा दक्षिण मुलुकहरु" को सदस्यको रूपमा, चीनले सँधै अन्य विकासोन्मुख देशहरूसँग दक्षिण-दक्षिण सहयोगलाई वैदेशिक सहयोगको प्राथमिकताको रूपमा लिँदै जानेछ र दक्षिण मुलुकहरुको साझा विकासमा योगदान पुर्याउँदै जानेछ।

दक्षिण मुलुकहरुको शिखर सम्मेलन जी ७७ समूहको सर्वोच्च बैठक हो। उक्त सत्रमा करिब १०० देशका उच्चस्तरीय प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका निकायहरुका प्रमुखको सहभागिता थियो।