राष्ट्राध्यक्ष सी चिनफिङद्वारा युननान चाउ थोङ शहर मातहतको चन स्योङ जिल्लाकालागि महत्वपूर्ण निर्देशन
2024-01-22 14:48:07CRI
Share with:

जनवरी २२ तारिख बिहान सबेरै ६ बजे युननान चाउ थोङ शहर मातहतको चन स्योङ जिल्लामा अवस्थित ल्याङ श्वै गाउँमा पहिरो गएकोले त्यसबाट १८ परिवारका घर पुरिनुका साथै ४७ जना बेपत्ता भएका छन्।

 

प्रकोपपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उच्च ध्यान दिँदै महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले तुरून्तै उद्धार शक्तिलाई जम्मा पारी सक्दो प्रयासमार्फत बेपत्ता व्यक्तिको खोजीका साथै सक्दो प्रयास गरी मानिसको ज्यानलाई जोगाउन आग्रह गर्नुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली छ्याङले पनि सक्दो प्रयासमार्फत खोज र उद्धार कार्य चलाउन आदेश दिनुभएको छ।