चीन र अमेरिकाका टेबलटेनिस खेलाडीहरुद्वारा लोस्एन्जलसमा आदान-प्रदान-१
2024-01-22 12:58:23cri
Share with:

स्थानीय समय अनुसार डिसेम्बर २० तारिख लोस्एन्जलसकालागि चिनियाँ महावाणिज्य दूताबास, अमेरिकी टेबलटेनिस संघ तथा अमेरिकी दक्षिणी क्याफिफोर्नियाको चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी संघले टेबलटेनिस कूटनीतिको ५२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा संयुक्त रुपमा एउटा कार्यक्रमका साथै रात्री भोजको आयोजना गरेको छ। यस कार्यक्रमको तत्स्थानमा अमेरिकी टेबलटेनिस खेलाडी तथा शौखिनहरुले ५२ वर्षअघि चिनियाँ नेताले प्रस्तुत गरेको “टेबलटेनिस कूटनीति” दूरदर्शी र बुद्धिमत्ता रहेको भन्दै त्यसले दुई मुलुकका जनता बीच अरु बढी जानकारी तथा गहन आदान-प्रदानकालागि पूलको निर्माण गरी दुई मुलुक बीचको सम्बन्धलाई विकास गरेको व्यक्त गरेका छन्।

 

यस पटकको कार्यक्रममा अमेरिकी टेबलटेनिसका अध्यक्ष जिन साइक्सले टेबलटेनिस कूटनीतिको महत्त्वको फेरि पनि प्रशंसा गर्नुभयो।

 

टेबलटेनिस कूटनीति एकदम महत्वपूर्ण छ। अरु मानिसले खेलाडीहरु बीचको मेलमिलाप देख्दा यो कुरा बुझ्न सक्छ। खेलाडीहरु बीचमा आदान-प्रदान गर्ने राम्रो पूलको निर्माण भएपछि राष्ट्रले त्यसबाट अनुभव लिन सक्छ र राष्ट्रहरु बीच पनि मेलमिलाप हुन सक्ने बुझ्न सकिन्छ। टेबलटेनिस कूटनीतिले यस कुरालाई प्रमाणित गरेको छ।

 

यस कार्यक्रमको तत्स्थानमा अमेरिकी टेबलटेनिसका प्रख्यात खेलाडी दम्पती देल स्विरिस तथा खान्नी स्विरिस र अरु अमेरिकी खेलाडीहरुले पैचिङ विश्वविद्यालयको टेबलटेनिस टोलीसँग खेल्नुभयो। टेबलटेनिस कूटनीतिको प्रारम्भिक साक्षीको रुपमा देलले ५० वर्षअघि चिनियाँ खेलाडीहरुसँगै मिलेर तालिम लिएको सम्झनाको पुनरावलोकन गर्दै भन्नुभयो,

सबैभन्दा खुसी लाग्दो कुरा के हो भने ५० वर्षअघि चिनियाँ टेबलटेनिस टोलीले अमेरिकाको जवाफी भ्रमण गर्दा चीनका सबैभन्दा उत्कृष्ठ खेलाडी पनि आउनुभएको थियो। छिटै उहाँहरुसँग भेट्न पाउने मैले आशा राखेको छु, किनभने हामो उमेर बढ्दैजाँदै छ। तथापि भाग्यशाली कुरा के हो भने अहिले हामीले चीनको युवा पुस्ताका खेलाडीहरुसँग भेट्न पाएका छौँ। हामी टेबलटेनिसमार्फत आदान-प्रदान गर्न सक्छौँ, जुन एकदम राम्रो छ।