सैन्य विधायिका कार्यसम्बन्धी नयाँ संशोधित नियमावली जारी
2024-01-22 19:02:00cri
Share with:

केही दिनअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ‘सैन्य विधायिका कार्यसम्बन्धी नयाँ संशोधित नियमावली’ आदेशमा हस्ताक्षर गर्नुभएको छ। उक्त सँशोधित नियमावली सन् २०२४ को मार्च १ देखि लागू हुने बताइएको छ।

नयाँ युगमा सैन्य विधायिका कार्यको व्यावहारिक अनुभवलाई गहन रूपमा निचोट गरिएको छ र नयाँ संशोधित विधान कानुन अनुसार, सैन्य विधायिका कार्यको प्रणाली र संयन्त्रलाई व्यापक र व्यवस्थित रूपमा मानकीकृत गरिएको छ। जसबाट सैन्य विधायिका कार्यको उच्च गुणस्तरको विकासलाई बढाउन तथा कानुन अनुसार सेनाको शासन गर्ने रणनीतिको कार्यान्वयनलाई गतिशील पार्न एवम् सैन्य व्यवस्थाको व्यापक सुदृढीकरणलाई प्रवर्द्धन गर्नका लागि निकै ठूलो अर्थ रहेको पनि नयाँ संशोधित "नियमावली"मा उल्लेख गरिएको छ।

नयाँ संशोधित नियमावलीका १३ परिच्छेद र ८५ बुँदा रहेका छन्।