वार्ता र परामर्शको माध्यमबाट इरान र पाकिस्तानको मतभेद समाधानमा चीनको समर्थन
2024-01-22 18:20:14cri
Share with:

जनवरी २२ मा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनमा इरान तथा पाकिस्तानबारे सोधिएका प्रश्नको जवाफ दिनुभएको छ।

प्रवक्ता वाङले भन्नुभयोः चीनले इरान र पाकिस्तानसँग घनिष्ट सम्पर्क कायम राखिरहेको छ। इरान र पाकिस्तान मित्रवत छिमेकी हुन् र चीनका असल मित्रहरु पनि हुन्। क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र स्थिरतालाई कायम गर्न चीन सदैव प्रतिबद्ध रहिरहेको छ र वार्ता तथा परामर्शको माध्यमबाट  इरान र पाकिस्तान बीचको मतभेदहरूको समाधान गर्न चीन समर्थन गर्दछ। इरान र पाकिस्तानको आवश्यकताअनुसार दुई देशबीचको सम्बन्ध सुधारमा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पनि चीन इच्छुक छ।