अमेरिकाको ऋणमा निरन्तर रुपमा बृद्धि
2024-01-22 13:01:08cri
Share with:

नव वर्षपछि अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, स्थानीय समयअनुसार जनवरी २ तारिखसम्म अमेरिकी संघीय सरकारको सार्वजनिक ऋणको कुल रकम पहिलो पटक ३४० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। यो अमेरिकाको ऋणको कुल रकम ३३० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको साढे तीन महिना मात्रै बितेको छ। साथै यो अमेरिकी काँग्रेसको बजेट कार्यालयको अनुमान समयभन्दा पाँच वर्ष अगाडि हो।

अमेरिकाको सम्बन्धित संस्थानको अनुमानअनुसार, ३४० खर्ब अमेरिकी डलर अमेरिकाको जी.डी.पी.को १२० प्रतिशतभन्दा बढी छ। हरेक अमेरिकीले कम्तीमा १ लाख अमेरिकी डलरको ऋण बोक्ने छ। हरेक अमेरिकी परिवारले हरेक महिना १ हजार अमेरिकी डलरको योगदान दिने हो भने यो ऋण २२ वर्षसम्ममा तिरिने छ। यसले अमेरिकाको अर्थतन्त्र र समाजमा ठूलो दबाव शक्ति थप्ने छ।

सम्बन्धित विशेषज्ञकाअनुसार, घाटा पूरा गर्नका लागि अमेरिका सरकारले लामो समयदेखि सरकारी ऋणपत्र जारी गरेर रकम बटुलेको छ। कोरोना भाइरस महामारीपछि अमेरिकाको अर्थतन्त्र कठिनाइमा परेको थियो। आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्नका लागि अमेरिका सरकारले ठूलो मात्राको सरकारी ऋणपत्र जारी गरेको थियो। मुद्रास्फीतिको नियन्त्रण गर्नका लागि फेडरल रिजर्भ बोर्डले दर बढाउन जारी राखेको छ। यसले अमेरिका सरकारले ऋण तिर्ने लागत बढाएको छ। यसका साथै सरकारको खर्चमा बृद्धि भएको छ, कर घटेको छ, त्यसैले ऋण विस्तार भएको छ।

अमेरिकाको ऋणमा निरन्तर रुपमा बृद्धि छ र अमेरिकाको अर्थतन्त्रमा त्रास-धम्की देखापरेको छ। पिटरसन कोषले निरन्तर रुपमा बृद्धि भैरहेको ऋणले अमेरिकाको अर्थतन्त्रको भविष्यमाथि त्रासदी थपिँदै गएको कुरा बताएको छ।

अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्दा अमेरिका विश्वको पहिलो ठूलो रिजर्भ मुद्रा र सेटलमेन्ट मुद्रा हो। अमेरिकाको ऋण नियन्त्रण नगरिने ढाँचाले विश्व अर्थतन्त्रमा असर पार्ने छ।

अमेरिकी फक्स न्यूजले सन् २०२३को अन्त्यमा कार्यान्वयन गरेको जाँचबुझअनुसार, तीन चौथाईभन्दा बढी मतदाताले अमेरिकाको आर्थिक अवस्था कमजोर भएको ठहर गरेका छन्। यसबाट हेर्दा अमेरिकी अर्थतन्त्रको गहिरो अन्तरविरोधको समाधान गरिएको छैन। यसले अमेरिकी समाजमा उतारचढाव ल्याउनुका साथै विश्वलाई अस्थिरतातर्फ धकेलेको छ।