चीनको जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष शेन युएयुए डेमोक्रेटिक कङ्गोका राष्ट्रपतिको पद ग्रहण समारोहमा सहभागी
2024-01-22 15:04:02CRI
Share with:

डेमोक्रेटिक कङ्गोका राष्ट्रपति शिसेकेदीको निमन्त्रणामा जनवरी २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत तथा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष शेन युएयुए डेमोक्रेटिक कङ्गोको राजधानी किन्सासामा डेमोक्रेटिक कङ्गोका राष्ट्रपतिको पद ग्रहण समारोहमा सहभागी हुनुभएको छ। साथै, डेमोक्रेटिक कङ्गोका राष्ट्रपति शिसेकेदीले २१ तारिख शेन युएयुएलाई किन्सासामा भेट गर्नुभएको छ।

भेटका क्रममा, शेन युएयुएले चीन र डेमोक्रेटिक कङ्गोबीचको सम्बन्धको विकासलाई चीनले उच्च मूल्याङ्कन गर्दै दुई राष्ट्रनायकका सहमतिहरूलाई कार्यान्वयन गर्न तथा दुई देशका जनता बीच मित्रताको विकास गर्न, “बेल्ट एण्ड रोड” र चीन-अफ्रिका सहयोगसम्बन्धी मञ्चको ढाँचाभित्र आदानप्रदान र सहकार्यहरू गहन बनाउन र चीन-डेमोक्रेटिक कङ्गो व्यापक रणनीतिक सहयोग साझेदारीको बृहत्तर विकासको प्रवर्द्धन गर्नका लागि डेमोक्रेटिक कङ्गोसँग सँयुक्त रूपमा काम गर्ने इच्छा भएको बताउनुभएको छ।

शिसेकेदीले डेमोक्रेटिक कङ्गोले दुई देशबीचको परम्परागत मित्रतालाई उच्च मूल्याङ्कन गर्दै, एक चीन सिद्धान्तलाई पालना गर्दै र चीनसँग खानी उद्योगलगायतका मुख्य क्षेत्रमा भएका सहकार्यहरूलाई सबल पार्ने र द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा प्रवर्द्धन गर्दै जान इच्छुक रहेको बताउनुभयो।