चीन सधैँ विकासोन्मुख देशहरूको पक्षमा
2024-01-23 17:27:47cri
Share with:

जनवरी २३ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आयोजित नियमित पत्रकार सम्मेलनमा असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलन र युगान्डामा भएको दक्षिण मुलुकहरुको तेस्रो शिखर सम्मेलनमा चिनियाँ उपप्रधानमन्त्री लिउ कोचोङको सहभागिताका बारेमा जानकारी दिनुभएको छ।

वाङले जानकारी दिनु भएअनुसार, जनवरी १९-२१ सम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री लिउ कोचोङले युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलन र दक्षिण मुलुकहरुको तेस्रो शिखर सम्मेलनमा भाग लिएर सम्बोधन गर्नुभएको थियो।

उपप्रधानमन्त्री लिउले असंलग्न आन्दोलनले स्वतन्त्रतालाई निरन्तरता दिँदै मतभेद र शान्तिपूर्ण सहअस्तित्व भन्ने आध्यात्मिक मूललाई अगाडि बढाउनुपर्ने पुष्टि गर्नुभयो। साथै एकता, आत्मसुधार र साझा विकास भन्ने साझा महाकार्यलाई काँधमा राख्दै समानता, निष्पक्षता र न्यायको मूल्य प्राप्तिको विस्तार गर्नुपर्छ।

सम्बोधनमा लिउले चालु वर्ष जी ७७ समूह स्थापना भएको ६०औँ वार्षिकोत्सव रहेको र विगत ६० वर्षमा दक्षिण मुलुकहरूले समानता, पारस्परिक विश्वास, पारस्परिक लाभ, ऐक्यबद्धता र पारस्परिक सहयोगको मार्गमा अघि बढेका जनाउनुभयो। एक शताब्दीमा देखा नपरेको विश्वको तीव्र परिवर्तनमा दक्षिण मुलुकहरुले साहसपूर्वक आधुनिकीकरणको बाटोमा अन्वेशन गर्दै दक्षिण-दक्षिण सहयोगलाई अझ उच्च स्तरमा पुर्याउनुपर्छ भन्दै, विश्वव्यापी शासन प्रणालीको सुधारमा सक्रिय रूपमा भाग लिनुपर्छ र ठोस, समान, सन्तुलित र समावेशी विश्वव्यापी विकास साझेदारी सम्बन्धलाई प्रगाढ र गहन पार्नुपर्छ भन्ने धारणा लिउले व्यक्त गर्नुभयो।

उहाँले जोड दिँदै भन्नुभयोः एक विकासोन्मुख मुलुक तथा "विश्वमा दक्षिण मुलुकहरु" को सदस्यको रूपमा, चीनले सधैँ अन्य विकासोन्मुख देशहरूसँग दक्षिण-दक्षिण सहयोगलाई वैदेशिक सहयोगको प्राथमिकताको रूपमा लिँदै जानेछ र दक्षिण मुलुकहरुको साझा विकासमा योगदान पुर्याउँदै जानेछ।