थ्यान चौ-७ अन्तरिक्ष यानले अन्तरिक्ष स्टेशनलाई "उपहार" प्रदान
2024-01-23 12:04:04cri
Share with:

जनवरी १७ तारिख चीनको वन छाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट थ्यान चौ-७ कार्गो अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरिएको छ।

 

सो थ्यान चौ-७ कार्गो अन्तरिक्षयान वसन्त पर्वको पूर्वसन्ध्यामा प्रक्षेपण गरिएकोले अन्तरिक्ष यात्रीहरूलाई जीवनयापनका लागि आवश्यक सामग्री मात्र नभई वसन्त पर्वको उपहार समेत लिएर गएको थियो।

 

थ्यान चौ-७ कार्गो अन्तरिक्ष यानले यस पटक २६० वटा भन्दा बढी प्रबन्ध सामग्री बोकेबाट यसको कुल वजन ५.६ टन पुगेको छ। यसमध्ये २४००  किलोग्रामका दैनिक आवश्यक सामग्रीहरू र वसन्त चाडका उपहारका साथै ताजा फलफूल र तरकारीहरू समावेश छन्।