चीनको राज्य परिषद सूचना कार्यालयद्वारा “चीनको आतंकवादविरूद्ध सम्बन्धमा कानुनी व्यवस्था तथा अभ्यास” श्वेतपत्र प्रकाशित
2024-01-23 14:48:34CRI
Share with:

जनवरी २३ तारिख, चीनको राज्य परिषद सूचना कार्यालयले “चीनको आतंकवादविरूद्ध सम्बन्धमा कानुनी व्यवस्था तथा अभ्यास” श्वेतपत्र प्रकाशित गरेको छ।

प्राक्कथन तथा अनुलेखका अतिरिक्त, सो श्वेतपत्रमा आतंकवादविरूद्ध सम्बन्धमा कानुनी व्यवस्थाको सुधार, आतंकवाद गतिविधिको स्पष्ट पहिचान र दण्ड नियमहरू, आतंकवादविरूद्धको काममा भएका मानकीय नियमहरू, आतंकवादविरूद्धको काममा कानुन अनुसार मानवको रक्षा र जनता र देशको सुरक्षाको सशक्त संरक्षणलगायत का गरी ५ वटा खण्डहरू छन्।

सो श्वेतपत्र अनुसार, आतंकवाद मानव समाजको साझा शत्रु हो, विश्वमा सबै देशहरू र सबै मानिसका लागि चुनौती हो जसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा भएको उल्लेख गरिएको छ। त्यसैले आतंकवादविरूद्धको लडाइँ अन्तर्राष्ट्रिय समाजको साझा जिम्मेवारी हो।