“जनतालाई प्राथमिकतामा राख्नु” नै “३८२०” रणनीतिक परियोजनाको मुख्य सार
2024-01-23 09:44:00CRI
Share with:

सन् १९९२ मा फुचौ शहरका तत्कालीन सचिव सी चिनफिङ स्वयम आफैँले “२० वर्ष फुचौ शहरको आर्थिक र सामाजिक विकास रणनीतिको कल्पना” अर्थात् “३८२०” रणनीतिक परियोजनाको सम्पादन र तर्जुमा गर्नुभएको थियो। उहाँले त्यस रणनीतिक परियोजनामा शहरी निर्माण, वातावरणीय संरक्षण, संस्कृति र शिक्षा लगायतका विषयहरूबारे विशेष बिनियोजन गर्नुभएको थियो। “जनतालाई प्राथमिकतामा राख्नु” नै सम्पूर्ण रणनीतिक परियोजनाको मुख्य सार रहेको छ। 

बितेका ३० वर्षमा फुचौ शहरले सधैँ नै जनतालाई प्राथमिकतामा राख्दै आएको छ। सर्वसाधारणले पाउने सुखमय तथा सुरक्षित अनुभव पनि दिनप्रति दिन सबल हुँदै गएको देखिन्छ। “३८२०” रणनीतिक परियोजनाले फुचौ सर्वसाधारणका लागि वास्तविक सुविधा ल्याएको छ। हाल फुचौ शहरमा घुम्दा शहरको जीवन्त शक्ति र सर्वसाधारणको सुख तथा खुशी जताततै अनुभव गर्न पाइन्छ।