चीनमा अध्ययरत केन्याका विद्यार्थीलाई राष्ट्राध्यक्ष सीको जवाफी चिट्ठी
2024-01-23 19:05:52cri
Share with:

जनवरी १७ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ यातायात विश्वविद्यालयमा अध्ययनरत  केन्याका विद्यार्थी र पूर्वविद्यार्थी प्रतिनिधिहरूलाई चिट्ठी पठाउँदै चीन-केन्या र चीन-अफ्रिका मित्रताका लागि निरन्तर योगदान दिन उनीहरूलाई प्रोत्साहन गर्नुभएको छ।

चिट्ठीमा सी चिनफिङले भन्नु भएको छः चीन र केन्याबीचको मित्रताको लामो इतिहास रहेको छ। बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) ले चीन-केन्या विकास र पुनरुत्थानको सपनालाई वास्तविकतामा परिणत गरेको छ र दुई देशका जनताको हित-कल्याणलाई नजिक बनाइदिएको छ।

भविष्यबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले भन्नु भएको छः बेल्ट एण्ड रोड अवधारणाको भव्य चित्र र चीन-केन्या व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको भव्य खाकालाई व्यवहारमा उतार्न तपाईंहरू लगायत अझ बढी होनहार युवाहरूले प्रयास गर्नुपर्छ। आशा छ तपाईंहरूले व्यावसायिक ज्ञान सिक्दै हाम्रो परम्परागत मित्रतालाई निरन्तरता दिनुहुनेछ। साथै, दुई देशहरूबीचको सहकार्यमा आफूलाई समर्पन गर्दै चीन-अफ्रिका मित्रताको कथा सुनाउनुहुनेछ। उच्चस्तरीय चीन-अफ्रिका संयुक्त भाग्य समुदायको निर्माणलाई अघि बढाउन अझ ठूलो योगदान दिनुहुनेछ।

केही दिनअघि, केन्याका विद्यार्थीले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र लेख्दै रेल सञ्चालन र व्यवस्थापनका ज्ञान सिक्न चीन आउन पाएकोमा खुशी व्यक्त गरेका थिए। साथै केन्या-चीन मित्रताको सेतुको रुपमा काम गर्ने, दुई देशबीच मित्रता र सहयोग बढाउने र मानव जातिका लागि संयुक्त भाग्य समुदायको निर्माण गर्न योगदान पुर्याउने आशा व्यक्त गरेका थिए।