इरान-पाकिस्तान सम्बन्ध सुधारमा भएको सकारात्मक प्रगतिको चीनद्वारा स्वागत
2024-01-23 17:29:44cri
Share with:

इरान र पाकिस्तानका विदेश मन्त्रालयले एक संयुक्त वक्तव्य प्रकाशित गर्दै जनवरी २६ देखि एक अर्कामा आफ्नो कूटनीतिक पदाधिकारीको काम पुनः शुरू गर्ने जनाएका छन्। साथै पाकिस्तानको निमन्त्रणामा इरानी विदेशमन्त्री अब्दोल्लाह यानले जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्नुहुने छ। यसबारे चीनको के टिप्पणी छ भन्ने प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनवरी २३ मा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयोः

इरान-पाकिस्तान सम्बन्ध सुधारमा भएको सकारात्मक प्रगतिको चीनले स्वागत गर्दछ र मैत्रीपूर्ण परामर्शका माध्यमबाट पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउँदै दुवै पक्षले आपसी सहयोगलाई गहन पार्न चीन समर्थन गरेको छ। क्षेत्रीय शान्ति, स्थिरता र विकासको संयुक्त संरक्षणका लागि इरान र पाकिस्तानसँग पारस्परिक लाभदायी सहयोगलाई थप मजबुत बनाउन हामी तयार छौँ भन्ने प्रकाश पनि प्रवक्ता वाङले पार्नुभयो।