‘बलियो देश निर्माण सम्बन्धी महासचिव सी चिनफिङको महत्वपूर्ण भनाइ अध्ययन’ प्रकाशित
2024-01-23 18:41:54cri
Share with:

हालै चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले ‘बलियो देश निर्माण सम्बन्धी महासचिव सी चिनफिङको महत्वपूर्ण भनाइ अध्ययन’ पुस्तक प्रकाशित गरी चीनभरि वितरण गरेको छ।

उत्पादन उद्योग भनेको देशको अर्थतन्त्रको प्राण हो, देशको जग हो र बलियो देशको आधार पनि हो। १२ अध्यायहरूमा विभाजित गरिएको उक्त किताबमा उत्पादन उद्योगको रणनीतिको तर्जुमा, विकास लक्ष्यहरू, मुख्य कार्यहरू लगायतका पक्षहरूबाट, महासचिव सी चिनफिङको उत्पादन शक्तिसम्बन्धी महत्त्वपूर्ण भनाइहरूको मुख्य सार, आध्यात्मिक सार, यथेष्ठ अर्थहरू तथा व्यावहारिक आवश्यकताहरूबारे विस्तृत रूपमा ब्याख्या गरिएको छ।