नाउरू यारेनका लागि सीएमजीको पत्रकार केन्द्रको स्थापना
2024-01-24 15:11:09CRI
Share with:

 

दुवै देशका सरकारी विभागको अनुमोदन बमोजिम नाउरू यारेनका लागि चाइना मिडिया ग्रुपको पत्रकार केन्द्र जनवरी २४ तारिख स्थापना गरिएको छ। यारेन पत्रकार केन्द्र पहिले सञ्चालनमा आएको यारेन रिपोर्ट स्टेशनको आधारमा स्थापना गरिएको हो भने त्यसको व्यवस्थापन चाइना मिडिया ग्रुप मातहतको एशिया प्रशान्त केन्द्रले लिएको हो। जुन चाइना मिडिया ग्रुपले विदेशमा स्थापना गरेको १९२ औँ पत्रकार केन्द्र रहेको छ।

 

जनवरी २४ तारिख चीन र नाउरू दुवैले दौत्य सम्बन्ध पुन:स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। नाउरू सरकारका परराष्ट्र र व्यापार मन्त्री एन्जिमियाले सीएमजीलाई अन्तर्वार्ता दिँदै यारेनका लागि सीएमजीको पत्रकार केन्द्रले विश्वसमक्ष नाउरूबारे अझ बढी जानकारी दिनसक्ने आशा व्यक्त गर्नुभएको छ।