गाजामा लडाइलाई चाँडो बन्द गराउन चीनको आह्वान
2024-01-24 19:15:25cri
Share with:

लाल सागरको पछिल्लो स्थितिको बारे चर्चा गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनवरी २४ तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयोः लाल सागरको तनावपूर्ण परिस्थिति नै गाजा द्वन्द्वको फैलावटको एक प्रमुख अभिव्यक्ति हो र सर्वोच्च प्राथमिकता भनेको गाजामा लडाइलाई जतिसक्दो चाँडो बन्द गराउनु हो।

प्रवक्ता वाङले अगाडि भन्नुभयोः ' पछिल्लो समयमा लाल सागरको परिस्थिति तीव्र रुपमा बढेकोप्रति चीन निकै चिन्तित छ। लाल सागर क्षेत्र नै सामान र ऊर्जाको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार मार्ग हो। यसै समुद्री क्षेत्रको तनावलाई लचिलो पार्नका लागि चीनले विभिन्न पक्षसँग घनिष्ट सम्पर्क राख्दै सकारात्मक प्रयास गरिरहेको छ। नागरिक जहाजहरूको आक्रमण र उत्पीडनको अन्त्य गर्ने आह्वान चीनले गर्दछ र लाल सागरको तनावपूर्ण स्थितिमा थप आगो लगाउनबाट जोगाउँदै सम्बन्धित पक्षहरूले कानुन अनुसार लाल सागरको समुद्री क्षेत्रमा शिपिंग मार्गको सुरक्षाको संयुक्त रक्षा गर्न चीनले आग्रह गरेको छ।

प्रवक्ता वाङले राष्ट्र संघीय सुरक्षा परिषद्ले कुनै पनि देशलाई यमनमा बल प्रयोग गर्ने अधिकार नदिएको औँल्याउनुभयो। यमनलगायत लाल सागरसँग जोडिएका देशहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको गम्भीरतापूर्वक सम्मान गर्न आवश्यक रहेको पनि उहाँले जनाउनुभयो। चीनले विभिन्न पक्षसँग मिलेर तनावपूर्ण परिस्थितिलाई कम पार्न र लाल सागर क्षेत्रको सुरक्षा र स्थिरता कायम गर्ने इच्छा चीनले लिएको छ।