चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल माल्दिभ्सको भ्रमणमा
2024-01-24 15:38:58cri
Share with:

जनवरी २१ देखि २३ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हाइ यानले चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माल्दिभ्सको भ्रमण गर्नुभएको छ।

 

सो भ्रमण क्रममा सुन हाइ यानले माल्दिभ्सको प्रगतिशील कांग्रेस संघका नेता र राष्ट्रपति मुइजसँग भेट गर्नुभएको छ। चीनको प्रतिनिधिमण्डलले माल्दिभ्सका विभिन्न राजनीतिक पार्टीका नेताहरूसँग भेट-घाट गर्नुका साथै माल्दिभ्स-चीन संसदीय मैत्रीपूर्ण समूह तथा सञ्चारकर्मीसँग वैचारिक आदान-प्रदान पनि गरेको थियो।

 

दुवै पक्षले दुई देशका नेताहरूबाट हासिल गरिएका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्ने, विभिन्न क्षेत्रमा चीन-माल्दिभ्सबीचको आदान-प्रदान र सहकार्यलाई गहन बनाउने र चीन-माल्दिभ्सको साझा भविष्यको समुदायको निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने व्यक्त गरेका छन्।