#समाचार सन्दर्भ# साना पार्सलमा ठूलो अर्थतन्त्र
2024-01-24 16:51:56cri
Share with:

परम्परागत चिनियाँ पात्रो अनुसार वसन्त चाड नजिकिँदैछ। चीनका विविध एक्सप्रेस डेलिभरीहरूले छुट्टा-छुट्टै रूपमा वसन्त चाडको विदा समयमा पनि निरन्तर काम गर्ने बताएका छन्।

जनवरी २२ तारिख प्रकाशित सरकारी तथ्याङ्क अनुसार, सन् २०२३ को चीनको एक्सप्रेस डेलिभरी मात्रा कुल १ खर्ब ३२ अर्ब ७ करोड पुगेर सन् २०२२ को तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि हुँदै चिनियाँ एक्सप्रेस डेलिभरी मात्रा निरन्तर १० वर्षमा पहिलो स्थानमा रहेको हो। यी एक्सप्रेस डेलिभरीमध्ये चीनमा अन्तर्राष्ट्रिय एक्सप्रेस डेलिभरी पनि छन्। वास्तवमा चिनियाँ एक्सप्रेस डेलिभरी कार्य विश्वव्यापी रूपमा ६० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ।

आधुनिक सेवा व्यवसायको महत्वपूर्ण विभागका हैसियतमा एक्सप्रेस डेलिभरीको मात्रा चिनियाँ अर्थतन्त्रको मूल्याङ्कन गर्ने महत्वपूर्ण भौतिक भोल्युम सूचक मानिएको छ। चिनियाँ एक्सप्रेस डेलिभरीको तिव्र विकास मागको पक्ष, आपूर्ति पक्ष र मध्यवर्ती च्यानलको समर्थनसित घनिष्ट सम्बन्ध रहेको छ।

पहिलो कारण उपभोक्ताको मार्ग हो। १ अर्ब ४० करोडभन्दा बढी चिनियाँहरू विश्वमा सबैभन्दा निहितशक्ति रहेको उपभोग बजार गठित भएका छन्। सरदरमा प्रत्येक दिन ३५ करोड पार्सल ओसारपसार हुने गर्छ। यो वर्तमान चिनियाँ एक्सप्रेस डेलिभरीको मात्रा हो। आपूर्ति पक्षबाट हेर्दा बलियो औद्योगिक समर्थन क्षमता र आपूर्ति शृङ्खलाले चिनियाँ व्यवसयको उत्पादन गति र उत्तरदायित्वलाई प्रत्याभूति दिएको छ।

अन्तर्राष्ट्रिय इ-वाणिज्यको विकासले चिनियाँ उत्पादन विदेशमा छिदै लोकप्रिय बन्दैछन्। यो सन् २०२३ मा अन्तर्राष्ट्रिय व्यपार कमजोर भएको पृष्ठभूमिमा चिनियाँ अन्तर्राष्ट्रिय इ-वाणिज्य १९.६ प्रतशितले वृद्धि भएको कारण हो। यो प्रवृत्ति एक्सप्रेस डेलिभरीबाट पनि देख्न सकिन्छ। सन् २०२३ मा अन्तर्राष्ट्र/हङकङ, मकाउ तथा थाइवानमा एक्सप्रेस डेलिभरीको मात्रा सन् २०२२ को तुलनामा ५२ प्रतिशतले बढेको छ। यो वृद्धि गति पूरै वृद्धि गतिको २.७ गुणा हो।

आपूर्ति र मागबीच आधारभूत प्रबन्ध र रसद प्रणालीले ढुवानीको सुचारूमा प्रत्याभूति दिएको छ। हाल चीनले विश्वमा सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल, राजमार्ग सञ्जाल र विश्वस्तरीय बन्दरगाह समूह निर्माण गरेको छ। साथै अझ महत्वपूर्ण कुरा के हो भने रसदको बुद्धिमान र सूचना-आधारित उन्नयनले एक्सप्रेस डेलिभरीलाई अङ द्रुत बनाएको छ। हरेक साना पार्सलले चिनियाँ अर्थतन्त्र स्थिरताका साथ राम्रोतिर विकास गर्ने पुष्टि गरिरहेको छ।