चिनियाँ राष्ट्राध्यक्ष र एन्टिगुवा तथा बारबुडाका प्रधानमन्त्रीबीच भेटवार्ता
2024-01-24 18:53:34cri
Share with:

जनवरी २४ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनबृहत सभाभवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएका एन्टिगुवा तथा बरमुडाका प्रधानमन्त्री गैस्टन ब्राउनसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले एन्टिगुवा तथा बरबुडा पूर्वी क्यारेबियन क्षेत्रमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो देशमध्ये एक भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयोः कूटनीतिक सम्बन्ध स्थापना भएका ४१ वर्षमा चीन र एन्टिगुवा तथा बरमुडाले एकअर्कालाई सधैं सम्मान र समर्थन गर्दै आएका छन् र ठूला र साना देशहरूबीच समान व्यवहार र साझा जीत सहयोगको नमूना बनेका छन्। नयाँ परिस्थितिमा चीनले एन्टिगुवा तथा बरमुडासँग विभिन्न तहमा हुने आदानप्रदान र शासनव्यवस्था अनुभवको आदानप्रदानलाई घनिष्ट पार्दै विकास रणनीतिको तालमेललाई मजबुत बनाउने इच्छा लिएको छ। साथै, व्यावहारिक सहयोगलाई गहन बनाउन र चीन- एन्टिगुवा तथा बरमुडा सम्बन्धमा थप उपलब्धि हासिल गराउने काम गर्न चीन तयार छ।

भेटवार्तामा एन्टिगुवा तथा बरमुडाका प्रधामन्त्री ब्राउनले एन्टिगुवा तथा बरमुडा चीनको सबैभन्दा भरपर्दो साझेदार बन्न इच्छुक रहेको जनाउनुभयो। आफ्नो भ्रमणमार्फत आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याइने आशा पनि उहाँले व्यक्त गर्नुभयो।