मोरोक्कोकी युवतीद्वारा सिन्च्याङमा स्कीको अनुभव
2024-01-24 10:11:52CRI
Share with:

हिउँद ऋतु शुरू भएयता चीनको हिम राजधानी मानिने सिन्च्याङ आलथाइ शहरले देशभर अझ विशेषगरी विश्वका विभिन्न स्थानका थुप्रै स्कीप्रेमीहरूलाई आकर्षित गर्दै आएको छ। हाल चाइना मिडिया ग्रुप मातहतको सीजीटीएन च्यानलद्वारा सिर्जित “सिन्च्याङमा प्रवेश” शीर्षकको वृत्तचित्रले सिन्च्याङ आलथाइ शहरमा अवस्थित ओकोआ सी अन्तर्राष्ट्रिय स्की मैदानको छायाङ्कन गरेको छ। कहिल्यै स्की नखेलेकी र सिन्च्याङ पनि नपुगेकी मोरोक्कोकी युवा इन्जिनियर हसिना रेज्लाउले त्यहाँ पुगेर अधिकांश मूल्यवान अनुभव सङ्गाल्नुभएको छ। सिन्च्याङबारे सम्झँदै उहाँले खुसी साथ भन्नुभयो: म सिन्च्याङलाई बिर्सन सक्दिँन। किनकि त्यहाँका सम्पूर्ण विषयहरूको मेरो मनमा छाप परेको छ।