गाजामा युद्धविराम नै अहिलेको सर्वोच्च प्राथमिकता रहेको चीनको भनाइ
2024-01-25 16:40:51cri
Share with:

गाजामा रहेको संयुक्त राष्ट्रसंघको संयन्त्रमा पुनः आक्रमण भएकाले चीन स्तब्ध भएको र आक्रमणमा परी नागरिक हताहत भएकामा गहिरो दुःख लागेको कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनाउनुभएको छ। जनवरी २५ तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले ठूलो परिमाणको मानवीय विपत्ति हुन नदिन द्वन्द्व सम्बद्ध पक्षहरूले तत्कालै व्यापक रूपमा युद्ध विरामका लागि चीनले आग्रह गरेको पनि उल्लेख गर्नुभयो।

गाजाको दक्षिणी भागमा पर्ने खान युनिसस्थित संयुक्त राष्ट्रसंघीय पूर्वी प्यालेष्टाइन नजिकमा रहेका शरणार्थी राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) को एक प्रशिक्षण केन्द्रमा हालै भएको ट्यांकको गोला प्रहारमा परी ९ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्। यसबारे सोधिएका प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङले भन्नुभयोः"बलले वास्तविक सुरक्षा ल्याउन सक्दैन र युद्धविराम यो समयमा सर्वोच्च प्राथमिकता हो। द्वन्द्व सम्बद्ध पक्षहरूले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाका सान्दर्भिक प्रस्तावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुका साथै ठूलो मात्रामा मानवीय विपत्ति रोक्न तत्कालै युद्धविराम गर्नुपर्ने आग्रह चीनले गरेको छ। "