एशियाली बेङ्किङ मञ्च हङकङमा सुरू
2024-01-25 09:59:47CRI
Share with:

दुई दिने १७औँ एशियाली बेङ्किङ मञ्च २४ तारिखदेखि हङ्कङ्मा सुरू भएको छ। बेङ्किङ तथा वाणिज्य क्षेत्रका ३००० जनाभन्दा बढी प्रतिनिधिहरू उक्त मञ्चमा उपस्थित भएका छन्। सो मञ्चमा “चीनमा अवसर” नामक गोष्ठी थपेर चिनियाँ बजारको पछिल्लो निहितशक्ति र हङकङको भूमिका तथा श्रेष्ठताबारे छलफल गरिने भएको छ।

हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी अधिकृत ली च्याछाउले सम्बोधन गर्दै “एक देश दुई व्यवस्था”ले हङकङको बेङ्किङलाई दीर्घकालीन अवसर दिएको र यसबाट सामुन्ने गम्भीर चुनौतीहरूको बावजुद हङकङको बेङ्किङ विकसित भएको बताउनुभएको छ। उहाँका अनुसार, हङकङले निरन्तर रूपमा “सुपर-कनेक्टर” र “सुपर-भ्यालु एडेड पर्सन” बनेर एशिया तथा विश्वका व्यवसाय र आर्थिक समूहका लागि मौका सिर्जना गर्नेछ।

यो मञ्च हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकार र हङकङ व्यापार विकास व्यूरोद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो।