चीन र फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव समारोहलाई चिनियाँ राष्ट्राध्यक्ष सीको भिडियो सन्देश
2024-01-25 19:38:01cri
Share with:

जनवरी २५ तारिख चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा पैचिङमा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो सन्देश दिनु भएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयोः ६० वर्षअघि चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना हुनु नै अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एउटा ठूलो घटना थियो। विगत ६० वर्षमा चीन-फ्रान्स सम्बन्ध पश्चिमी देशहरूसँगको चीनको सम्बन्धहरूमध्ये अग्रपङ्क्तिमा रहँदै आएको छ जसले दुई देशका जनताको हित-कल्याणको बढावा र विश्व शान्ति, स्थिरता र विकासमा योगदान पुर्याउँदै आएको छ। आगामी ६० वर्षमा चीन र फ्रान्सले हातमा हात मिलाएर नयाँ गौरव सिर्जना गर्ने विश्वास छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि समारोहका लागि भिडियो सन्देश दिनुभएको छ। सन्देशमा राष्ट्रपति म्याक्रोनले भन्नुभयोः ६० वर्षअघि जनरल डी गौलले गुटको टकरावको तर्कलाई उछिनेर जनवादी गणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने ऐतिहासिक निर्णय गर्नुभएको थियो। सन् १९६४ मा तय गरिएका महत्वकांक्षीको आधारमा हामीले संयुक्त रूपमा दुई देशका जनताका आवश्यकता पूरा गर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि अनुकूल हुने साझेदारी सम्बन्धलाई अघि बढाउँदै जानुपर्छ भन्ने हाम्रो दायित्व हो। विश्वव्यापी चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय संकटको समाधान गर्न फ्रान्स चीनसँग मिलेर काम गर्न तयार छ।

जनवरी ३१ मा चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाउन पेरिसको भर्साइल प्यालेसमा संस्कृति तथा पर्यटन वर्षको शुभारम्भ समारोह पनि आयोजना हुनेछ। सो अवसरमा पनि दुई देशका राष्ट्रनायकहरूको भिडियो सन्देश पनि प्रसारण गर्ने योजना छ।