चीनले आफ्नो स्वाधीनताको दृढतापूर्वक रक्षा गर्नेछ- चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
2024-01-25 14:52:56CRI
Share with:

जनवरी २४ तारिख, चीनको परराष्ट्र मन्त्रालय प्रवक्ता वाङ वनपिङले भियतनामको परराष्ट्र मन्त्रालयका प्रवक्ताको वक्तव्यको खण्डन गर्नुभएको छ। प्रवक्ता वाङ वनपिङले पारासेल र स्प्राटली द्वीप समूह दुवै चीनको भूभाग भएको र यसको पर्याप्त ऐतिहासिक र कानुनी आधार रहेको उल्लेख गर्नुभएको छ। यी द्वीप समूहहरूलाई पत्ता लगाउने, नामाकरण गर्ने र संचालन गर्ने पहिलो देश चीन हो। यसका साथै चीनले यी द्वीप समूहहरूको स्वाधीनताको प्रयोग गर्दै आइरहेको छ। सम्बन्धित देशहरूबाट चिनियाँ भूमिमाथिको अवैध दाबीको चीनले सधैँ विरोध गर्दै आएको र दृढताका साथ आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्दै आएको पनि उहाँले बताउनुभएको छ।