चीन र फ्रान्सको सम्बन्ध मैत्रीपूर्ण सहयोगको नयाँ चरणमा प्रवेश गर्ने- फ्रान्सका पूर्व प्रधानमन्त्री
2024-01-25 11:08:13CRI
Share with:

फ्रान्सका पूर्व प्रधानमन्त्री, जन पिएर राफ्रिनले सीजीटीएनको फ्रान्सेली च्यानललाई अन्तर्वार्ता दिनुभएको छ। उहाँका अनुसार, सन् २०२४ चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव हो। दुई देशले संस्कृति, पर्यटन, खेलकुदलगायत क्षेत्रमा सहयोगलाई गहन पार्ने छन्। चीन र फ्रान्सका नेतागणले वार्ता र वैचारिक आदानप्रदानलाई कायम राखेर ठूला देशको जिम्मेवारी संयुक्त रूपमा वहन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।  

उहाँ हाल सम्भावना तथा नवीनता कोषका अध्यक्ष हुनुहुन्छ।