एक चीन सिद्धान्तको पालना गर्ने अन्तर्राष्ट्रिय समुदायको ठूलो परिवार बढ्दै
2024-01-26 18:48:56cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले चीन र नाउरबीच दौत्य सम्बन्ध पुनः सुरु भएकोबाट के प्रष्ट्याइएको छ भने एक चीन सिद्धान्तलाई कायम राख्नु जनताको इच्छा र समयको प्रवृत्ति हो भन्ने कुरा विश्वसामु फेरि एकपटक प्रमाणित भएको बताउनुभएको छ। एक चीन सिद्धान्तलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय समुदायको ठूलो परिवार बढ्दै जानेछ जुन  "थाइवान स्वतन्त्रतापक्षधर" र यसको पछाडिका शक्तिहरूको इच्छाबाट परिवर्तन हुनेछैन, न त थाइवान डेमोक्रेटिक पार्टी (डीपीपी) सत्ताको गैरजिम्मेवार टिप्पणीले यसको परिवर्तन गर्न नै सक्छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनवरी २६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।

प्रवक्ता वाङले भन्नुभयोः थाइवानसँग तथाकथित कूटनीतिक सम्बन्ध कायम राख्ने थोरै संख्याका देशहरूले समयको प्रवृत्तिअनुरूप अघि बढ्दा चाँडो एक चीन सिद्धान्तलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय समुदायको ठूलो परिवारमा फर्कन हामी आग्रह गर्दछौं।