#विश्व दृष्टिकोण# चीन र गणतन्त्र नाउरबीच कूटनीतिक सम्बन्धको पुनःशुरू
2024-01-26 16:52:43cri
Share with:

केही दिनअघि गणतन्त्र नाउरको सँसदले सर्वसम्मत मतदानबाट थाइवान क्षेत्रसँग “कूटनीतिक सम्बन्ध विच्छेद” र चीनसँग कूटनीतिक सम्बन्ध पुनःशुरू गर्ने निर्णय गरेको छ। नाउर सरकारको निर्णयले स्वदेशी सर्वसाधारणको इच्छाको प्रतिनिधित्व गरेर नाउरको राष्ट्रिय हित र ऐतिहासिक प्रवृत्तिसित अनुकुल गरेको छ।

नाउरले बिना शर्तमा चीनसँग कूटनीतिक सम्बन्धको पुनःशुरू गर्नु स्वतन्त्र  कुटनीतिको निर्णय हो। जसले एक चीनको सिद्धान्तलाई अन्तर्राष्ट्रिय जगतको सामान्य सहमति भएको फेरि पुष्टि गरेको छ। जनवरी २४ तारिख चीन र नाउरले कूटनीतिक सम्बन्ध पुनःशुरू गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेपछि विश्वमा चीनसँग दौत्य सम्बन्ध स्थापना भएका देशको संख्य १८३ पुगेको छ। त्यसको तुलनामा थाइवान सत्तासँग कथित “कूटनीतिक सम्बन्ध” भएको देशको संख्य १२ मात्र बाँकी छ।

चीन र नाउरबीच कूटनीतिक सम्बन्धको पुनःशुरूले संयुक्त राष्ट्र संघको नं २७५८ निर्णयमाथि लक्षित कथित भनाइ हटाएको छ। नाउर सरकारले वक्तव्यमा राष्ट्र संघीय नं २७५८ निर्णयअनुसार जन गणतन्त्र चीन चीनको प्रतिनिधित्व गर्ने एउटा मात्रै वैधानिक सरकार हो र थाइवान चीनको अविच्छिन्न भूभाग भएको स्वीकार गरेको छ। जसले नं २७५८ निर्णय अन्तर्राष्ट्रिय वैध भएर गलत रूपमा बुझ्न नसक्ने पुष्टि गरेको छ।

साथै चीन र नाउरबीच कूटनीतिक सम्बन्धको पुनःशुरूमार्फत् विश्वले “थाइवानको स्वतन्त्रता” मा कुनै भविष्य नहुने बुझेको छ। सन् २०१६ देखि निरन्तर १९ देशहरू थाइवान सत्तासँग “कूटनीतिक सम्बन्ध विच्छेद” गरिसकेका छन्।