सीपीसीको प्रतिनिधि मण्डलद्वारा बङ्गलादेशको भ्रमण
2024-01-26 15:09:05CRI
Share with:

बङ्गलादेशको अवामी लीगको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक सम्पर्क विभागका उपप्रमुख सुन हाइ येनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले जनवरी २३ देखि २६ तारिखसम्म बङ्गलादेशको भ्रमण गरेको छ।

भ्रमण अवधिमा प्रतिनिधि मण्डलका सदस्यसँग बङ्गलादेशी अवामी लीगका अध्यक्ष एवम् प्रधानमन्त्री शेख हसिनाले भेट गर्नुभएको छ। यसका अतिरिक्त प्रतिनिधि मण्डलले बङ्गलादेशी राष्ट्रिय एसेम्बलीका सभामुख डाक्टर शीरिन सर्मन चौधरी, विभिन्न राजनीतिक पार्टीका मुख्य नेताहरू, थिङ्कट्याङ्क र मिडियाकर्मीहरूसँग भेटघाट र आदान प्रदान गरेको छ।

बङ्गलादेश पक्षले दुई देश र दुई पार्टी बीचको सम्बन्धलाई सबल पारी दुवै देशका जनताका लागि अझ बढी हित-कल्याण सिर्जना गर्दैजाने आशा व्यक्त गरेको छ।