चिनियाँ रेलमार्गले वसन्त अवधिको यातायातमा ४८ करोड यात्रु बोक्ने सम्भावना
2024-01-26 16:37:10cri
Share with:

सन् २०२४ वसन्त पर्वको यातायात जनवरी २६ बाट शुरु भएको छ। यो जनवरी २६ देखि मार्च ५ तारिखसम्म जम्मा ४० दिन चल्ने छ।

यो अवधिमा चीनका सबै रेलहरूले ४८ करोड यात्रु बोक्ने सम्भावना रहेको छ र प्रतिदिन औसत १ करोड २० लाख यात्रु आवात जावत हुने अनुमान छ। यो अनुमानित सँख्या सन् २०२३ को सोही अवधिको तुलनामा ३७.९% ले बढी हो।

वसन्त पर्वको यातायातको पहिलो दिन अर्थात् जनवरी २६ तारिख चिनियाँ राष्ट्रिय रेलमार्गले १ करोड ६ लाख यात्रु बोक्ने अनुमान छ।