दुई देशका जनताहरूकालागि चिनियाँ वसन्त चाडको उपहार, चीन-सिङ्गापुर फ्री-भिसाको सम्झौता- चीनको परराष्ट्र मन्त्रालय
2024-01-26 14:35:46CRI
Share with:

जनवरी २५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले चीन र सिङ्गापुरबीच पास्परिक फ्री-भिसाको अवस्थाबारे जानकारी दिनुभएको छ।

प्रवक्ता वाङ वनपिङले दुई देशबीचका जनताहरूको आवतजावतलाई चीनले उच्च मूल्याङ्कन गरिरहेको बताउँदै दुई पक्षको संयुक्त प्रयासमा दुई देशले २५ तारिख पैचिङमा “साधारण राहदानीधारीहरूको सम्बन्धमा जनवादी गणतन्त्र चीनको सरकार र सिङ्गापुर गणतन्त्रको सरकारबीच पारस्परिक फ्री-भिसाको सम्झौता” औपचारिक रूपमा हस्ताक्षर भएको जानकारी दिनुभएको छ। यो सम्झौता फेब्रुअरी ९ तारिखदेखि औपचारिक रूपमा कार्यान्वयन गरिने पनि बताउनुभएको छ।

चीन-सिङ्गापुर फ्री-भिसाको सम्झौता चिनियाँ पात्रो अनुसार ड्रेगन वर्षको वसन्त चाडअघि कार्यान्वयन गरिने छ जुन दुई देशका जनताहरूकालागि एउटा वसन्त चाडको उपहार हो। सो सम्झौताले चीन-सिङ्गापुर बीच सांस्कृतिक आदानप्रदानको प्रवर्द्धन गर्ने छ र आपसी सम्बन्ध तथा विभिन्न क्षेत्रहरूको सहकार्यको विकासलाई अघि बढाउनेछ, उहाँले भन्नुभयो।