अमेरिका बाह्य अन्तरिक्षको सैन्यीकरणको सबैभन्दा ठूलो शक्ति रहेको चीनको भनाइ
2024-01-26 18:54:00cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनवरी २६ मा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी अन्तरिक्ष फौजले सार्वजनिक गरेको 'स्पेस होडबाजी' मूल्यांकन प्रतिवेदनबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

लामो समयदेखि, "चीन बाह्य अन्तरिक्ष धम्की " भन्ने कथित भनाइमा आधारित अमेरिकाले चीनलाई बदनाम गर्न बारम्बार प्रयास गर्दै आएको उद्देश्य नै आफ्नो बाह्य वायु शक्ति विस्तार गर्नु र सैन्य आधिपत्य कायम राख्ने बहाना खोजिरहेको हो भन्ने स्पष्ट भएको प्रवक्ता वाङले बताउनुभयो।

उहाँले भन्नुभयोः "वास्तवमा, अमेरिकाले खुला रूपमा बाह्य अन्तरिक्षलाई युद्ध गर्ने "परिचालन क्षेत्र"को रूपमा परिभाषित गर्दै आएको छ। यसै क्रममा बाह्य अन्तरिक्षमा आफ्नो सैन्य क्षमताहरूको जोडतोडले विकास गर्नुका साथै प्रमुख देशहरू बीचको टकरावलाई उक्साउने गर्दछ जुन बाह्य अन्तरिक्षको सैन्यीकरण र युद्धभूमि बनाउने सबैभन्दा ठूलो शक्ति हो र बाह्य अन्तरिक्ष सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा पनि हो।

बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगमा चीन अडिग रहिरहेको छ। साथै अन्तर्राष्ट्रिय समुदाय बीचको वार्तालाई बढाउन प्रतिबद्ध रहिरहेको छ र बाह्य अन्तरिक्षमा शान्ति तथा अमनचयन कायम गर्न कानुनी तारिकाको प्रयोग गरिरहेको कुरा प्रवक्ता वाङले जनाउनुभयो। चीनले फेरि एकपटक अमेरिकालाई गलत टिप्पणी नगर्न, बाह्य अन्तरिक्षमा आफ्नो हतियार विस्तार रोक्न र आफ्नो उचित जिम्मेवारी पूरा गर्न आग्रह गरेको पनि प्रवक्ता वाङले स्पष्ट पार्नुभयो।