चाइना मिडिया ग्रुप तथा फ्रान्सको बिएफएम इकोनोमिक टिभीमा उच्चस्तरीय संवाद विशेष कार्यक्रम शुरु
2024-01-27 17:03:40cri
Share with:

चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाउन चाइना मिडिया ग्रुप तथा फ्रान्सको बिएफएम इकोनोमिक टेलिभिजन स्टेशनबीचमा जनवरी २७ का दिन "चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवमा उच्चस्तरीय संवाद" नामक विशेष कार्यक्रम शुरु भएको छ। फ्रान्सका पूर्व प्रधानमन्त्री रफफारिनसँग विशेष अन्तरवार्ता लिइएको छ भने चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङ, फ्रान्सका लागि चिनियाँ राजदूत लु शायेले विशेष कार्यक्रमका लागि भिडियो सन्देश दिनुभएको छ। चिनियाँ र फ्रान्सेली सांस्कृतिक, पर्यटन, थिंक ट्यांकका विशेषज्ञ र विद्वानहरूले कार्यक्रममा भाग लिँदै चीन-फ्रान्स आदानप्रदानको बारेमा कुराकानी गर्नुका साथै चीन-फ्रान्स व्यापक रणनीतिक साझेदारी सम्बन्धको उज्ज्वल भविष्यको अपेक्षा गर्नु भएको छ।

फ्रान्सका पूर्वप्रधानमन्त्री रफफारिनले यसै विशेष कार्यक्रमको प्रसारण भएकोमा बधाइ दिनुभएको छ। कार्यक्रमसँगको विशेष अन्तर्वार्तामा उहाँले भन्नुभयोः 'अब विश्व शान्तिका लागि चीनको खाँचो छ भन्ने कुरा हामी विश्वलाई बुझाउने आशा गर्छौं। चीन विविधता भएको देश हो र हरेक शहर फरक र अद्वितीय हुन्छ। यदि चीनलाई पूर्ण रूपमा बुझ्न चाहनुहुन्छ भने व्यक्तिगत रूपमा चीन जानुपर्छ।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङले भिडियो सन्देशमा भन्नुभयोः चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ हो। यस वर्ष हामी दुवै पक्षले चलचित्र तथा टेलिभिजन, खेलकूद, शिक्षा, पर्यटन, गरै भौतिक सांस्कृतिक सम्पदा लगायतका क्षेत्रमा व्यापक आदानप्रदान र सहयोगलाई प्रवर्द्धन बनाउने छौँ। साथै यस वर्ष पेरिस ओलम्पिक खेलकूदको आयोजना हुने भएको छ र चाइना मिडिया ग्रुपले अन्तर्राष्ट्रिय ओलम्पिक समिति र पेरिस ओलम्पिक आयोजक समितिसँग सहकार्य गरी पेरिस ओलम्पिक खेलकूदको अद्भुत घटनाको संयुक्त रूपमा रेकर्ड र प्रसारण गर्नेछौं।

विशेष कार्यक्रम "चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवमा उच्चस्तरीय संवाद" जनवरी २७ मा चाइना मिडिया ग्रुपको सीजीटीएन फ्रान्सेली च्यानल र फ्रान्सको बीएफएम इकोनोमिक टिभीमा एकैसाथ प्रसारण गरिएको छ। बीएफएम नै फ्रान्सको मुख्यधाराको वित्तीय मिडिया हो जसको कार्यक्रमहरू फ्रान्सको सम्पूर्ण क्षेत्रमा हेर्न पाइन्छ।