नेपालका प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागकी उपमन्त्रीद्वारा भेटवार्ता
2024-01-27 16:01:26cri
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा बिहीबार नेपाल भ्रमणमा आउनु भएको हो। नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सुनले व्यवसायीहरुसँग पनि छलफल गर्ने समाचारमा जनाइएको छ।