भारतीय गणतन्त्र दिवसका लागि चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भारतीय राष्ट्रपतिलाई शुभकामना सन्देश
2024-01-27 16:07:12cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २६ तारिख भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई सन्देश पठाएर ७५ औँ भारतीय गणतन्त्र दिवसको शुभकामना दिनुभएको छ।

उहाँका अनुसार, चीन र भारतबीच  स्वस्थ र स्थिर सम्बन्ध दुई देशका जनताको मूल हितसित अनुकुल हुनुका साथै यस क्षेत्र तथा विश्वको शान्ति, स्थिरता र समृद्धिका लागि पनि सहयोगी भएको छ। उहाँले राष्ट्रपति मुर्मुसँग चीन र भारतको सम्बन्धलाई स्वस्थ तथा स्थिर लिगतर्फ अगाडि बढाउने इच्छा राख्नुभएको छ।    

सोही दिन चीनका प्रधानमन्त्री ली छ्याङले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाउनुभएको छ।