चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अस्ट्रेलियाको राष्ट्रिय दिवसका लागि शुभकामना सन्देश
2024-01-27 16:24:43cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २६ तारिख अस्ट्रेलियाका राज्यपाल डेभिड जोन हुर्लीलाई सन्देश पठाउँदै अस्ट्रेलियाको राष्ट्रिय दिवसकाको शुभकामना दिनुभएको छ।

उहाँका अनुसार, गत वर्ष दुवै पक्षको प्रयासमा चीन र अस्ट्रेलियाको सम्बन्ध सुधार भएको छ। चीन र अस्ट्रेलियाबीच स्वास्थ्य,स्थिर र रचनात्मक सम्बन्ध दुई देशका जनताको मूल हितसित अनुकुल हुनुका साथै क्षेत्रीय देशहरूको साझा प्रतीक्षासँग पनि अनुकुल भएको छ। जसले विश्वको शान्ति तथा विकास हुने ऐतिहासिक प्रवृतिसित अनुकुल गरेको छ।

उहाँले चीन र अस्ट्रेलियाको सम्बन्धको विकासमाथि उच्च महत्व दिएको दोहोर्याउनुभएको छ। दुई देशका जनतालाई फाइदा पुर्याउनका लागि दुवै पक्षले नयाँ ऐतिहासिक सुरूवादबाट आपसी सम्मान, समान सहअस्तित्व, मतभेद कायम राखेर सहमति खोज्ने र आपसी हितकर तथा साझा विजयी हुने सिद्धान्तको पालना गरी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अघि बढाउनुपर्छ।