कुवेतका नवनियुक्त प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको बधाई सन्देश
2024-01-27 16:31:56cri
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङले जनवरी २६ तारिख कुवेतका नव नियुक्त प्रधानमन्त्री अहमद नवाफ अहमद अल-सबाहलाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा प्रधानमन्त्री लीले चीन र कुवेतको दौत्य सम्बन्ध स्थापना भएको ५३ वर्षमा आपसी सम्बन्ध स्थिर र स्वस्थ रूपमा विकसित भइरहेको बताउनुभएको छ। सन् २०२२ यता, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कुवेतका अमिरसँग दुई पटकको भेटवार्तामा पारस्परिक सम्बन्धलाई गहन पार्न महत्वपूर्ण मतैक्य हासिल गर्नुभयो। चीन सरकारले कुवेतसँगै मिलेर दुई देश बीचको राजनीतिक विश्वास, विभिन्न क्षेत्रमा हुने सहयोग तथा आदानप्रदानलाई सबल पार्ने इच्छा लिएको छ। साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आपसी सम्पर्कलाई प्रवर्द्धन पार्दै चीन-कुवेत रणनीतिक साझेदारी सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउने आशा पनि चीनले लिएको छ।