चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठमा चिनियाँ राष्ट्राध्यक्ष र फ्रान्सका राष्ट्रपति बीच बधाई सन्देश आदानप्रदान
2024-01-27 17:29:55cri
Share with:

चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबीच जनवरी २७ तारिख बधाई सन्देश आदानप्रदान भएको छ। बधाई सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले भन्नुभयोः ६० वर्षअघि चीन र फ्रान्सले शीतयुद्धको बरफ भङ्ग पारी दुईवटा क्याम्पको खाडल पार गरेर राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यस ऐतिहासिक घटनाले विश्व परिस्थितिलाई संवाद र सहयोगको सही दिशामा धकेलेको थियो र यो अझै पनि ठूलो महत्वको छ। बितेका ६० वर्षमा दुई देशबीचको सम्बन्धले फलदायी परिणाम हासिल गरेको छ, जसले दुई देशका जनतालाई हित कल्याण मात्र नभई विश्व शान्ति र स्थायित्व कायम गर्न र विश्व बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकरणलाई बढाउनका लागि पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पुष्टि गर्दै भन्नुभयोः चीन-फ्रान्स सम्बन्धको विकासमा मैले ठूलो महत्व दिएको र दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठलाई चीन-फ्रान्स विस्तृत रणनीतिक साझेदारी सम्बन्धलाई अझ ठोस र जीवन्त बनाउने मेरो विश्वास छ। साथै, दुई देश र विश्वका जनताको हित कल्याणमा ठूलो योगदान पुर्याउने अवसरमा म राष्ट्रपति म्याक्रोनसँग मिलेर काम गर्दै जान इच्छुक रहेको छु।

बधाई सन्देशमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भन्नुभयोः ६० वर्षअघि फ्रान्स र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनु नै दूरदर्शी र ऐतिहासिक निर्णय भएको मेरो विचार छ। हाल विश्वमा अभूतपूर्व संकटको सामना गरिरहेको अवस्थामा फ्रान्स र चीन, युरोप र चीनले विश्वव्यापी चुनौतीहरूको संयुक्त समाधान गर्न मिलेर काम गर्नु अझ महत्त्वपूर्ण छ। सन् २०२४, फ्रान्स र चीनबीच थप सहकार्यको वर्ष हुने मेरो विश्वास छ। अर्थतन्त्र, व्यापार, जनस्तर र युवाका क्षेत्रमा द्विपक्षीय आदानप्रदान र सहयोगलाई बढाउन, विश्वव्यापी मुद्दाहरूमा सम्पर्क र समन्वयलाई सुदृढ पार्न, फ्रान्स-चीन व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षाका छौँ। सकारात्मक जीवनशक्ति लिएर फ्रान्स-चीन सम्बन्धमा नयाँ अध्याय कोर्न म राष्ट्राध्यक्ष सीसँग काम गर्न उत्सुक छु।