चीन-नाउर दौत्य सम्बन्ध पुनः शुरू ऐतिहासिक घटना भएको नाउरका विदेश मन्त्रीको भनाइ
2024-01-27 18:43:05CRI
Share with:

हालै नाउरका विदेश मन्त्री लियोनल आइङ्गिमियाले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

नाउर-चीन दौत्य सम्बन्ध पुनः शुरू भएको बारे उल्लेख गर्दै उहाँले भन्नुभयोः मेरो विचारमा यो नै एक ऐतिहासिक घटना हो जसले नाउरलाई अझ बलियो विकासतिर लगिदिने छ। हाम्रा लागि हाम्रो देश र जनता सबभन्दा महत्वपूर्ण छन्। चीनसँगको दौत्य सम्बन्ध पुनः शुरु गरी एक चीन सिद्धान्त स्वीकार गर्नु कुनै स्वार्थका आधारमा गरिएको निर्णय होइन, सावधानीपूर्वक विचार गरेर गरिएको निर्णय हो। वर्तमान सरकारको कार्यकालमा दौत्य सम्बन्धको पुनरुत्थान भएको हो, तापनि व्यवहारमा यो विचारलाई लामो समयअघि देखि नै ध्यानमा राखिसकेका छौँ। मैले आज बिहान भनेझैँ नाउर चीनसँगसँगै अघि बढ्नेछ।